गृहपृष्ठ Featured शहीद स्मारक ए डिभिजन लिग : आजबाट पाँचौ चरणका खेल सुरु हुँदै

शहीद स्मारक ए डिभिजन लिग : आजबाट पाँचौ चरणका खेल सुरु हुँदै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आजबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुँदैछन्। आर्मीले २ खेलमा जित र २ खेल बराबरी खेल्दै समान ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने सातदोबाटो २ जित १ हार र १ बराबरी खेल्दै ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ। आजको खेलमा जित निकाले आर्मी शीर्ष स्थानमा उक्लने मौका पाउने छ भने सातदोबाटोले शीर्ष स्थानमा मछिन्द्र र मनाङसँग अंक बराबरी गर्नेछ।

उनले टिमको सुधार्न चाहेको कमजोरीबारे अगाडि भनेस् जुन मिडफिल्डले बल सप्लाइ गर्नु पर्ने हो त्यो भइरहेको छैन।

त्यस्तै सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले आर्मीसँग राम्रो टीम भएको भन्दै टिमको फिनिसिङमा भएको कमजोरी सुधार्नेमा केन्द्रीत भएको बताए।

‘आर्मीसँग उत्कृष्ट टिम छ। हामी धेरै मेहेनत गरिरहेका छौं। तीन अंकका लागि खेल्ने हो,’ उनले भने, ‘अस्तिको गल्तीमा काम गरिरहेका छौं। टचहरुमा समस्या थियो केही खेलाडीको।’

आर्मी र सातदोबाटो दिउँसो १ बजे दशरथ रंगशालामा भिड्दैछन्।

त्यस्तै आजै हुने दोस्रो खेलमा संकटा क्लब र मछिन्द्र क्लब आमनेसामने हुनेछन्। साविक विजेतासमेत रहेको मछिन्द्र १० अंक जोडेर शीर्षस्थानमा छ भने यसपटक राम्रो प्रदर्शन गरिरहेको संकटा ८ अंक जोडेर चौथो स्थानमा छ। आजको खेलमा मछिन्द्रलाई हराउन सके संकटा शीर्षस्थानमा उक्लने छ भने मछिन्द्र संकटालाई हराउँदै शीर्ष स्थानमा कायम रहँदै एएफसी कपको यात्रालाई थप मजबुत बनाउन चाहन्छ।

मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले आफूहरु जित्नैपर्ने दवाबमा रहेको बताए।

संकटा र मछिन्द्र साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुँदैछन्।

सम्बन्धित् समाचार