गृहपृष्ठ Featured श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

प्रकाशित मिति:

स्याङजा : प्रहरीले आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भिरकोट नगरपालिका–६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई श्रीमती कोपिलाको हत्या अभियोगमा पक्राउ गरेको हो ।

थापाले श्रीमती कोपिलाको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । उनले श्रीमती कोपिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारको क्रममा कोपिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार