कपिलवस्तु : कपिलवस्तुका विभिन्न विद्यालयमा अध्ययरत २ सय जना टुहरा बाल बालिकाहरुलाई न्यानो कपडा सहित १३ लाख बढीको छात्रवृति प्रदान गरिएको छ । हेल्पिङ हेन्डको सहयोगमा हिउमन रिलिफ अर्गनाईजेशनले कपिलवस्तु नगरपालिकाको पचेहरा र शिवराज नगरपालिकाको चन्द्रौटामा गरी उनीहरुलाई न्यानो कपडा र छात्रबृत्ति उपलब्ध गराएको हो ।
कक्षा १० वा सो भन्दा माथि अध्ययरत बालबालिकालाई १० हजार र कक्षा १० भन्दा मुनि अध्ययरत बालबालिकालाई ६ हजारका दरले छात्रबृति प्रदान गरिएको अर्गनाईजेशनका उपाध्यक्ष ताहिर महमूदले बताए । ६ जना १० मा अध्ययनरत बालबालिकालाई १० हजार र १ सय ९४ जना बालबालिकालाई ६ हजारका दरले गरी कुल १३ लाख बढीको छात्रवृति प्रदान गरिएको उपाध्यक्ष महमूदले बताए ।
यस्तै बालकहरुलाई ज्याकेट, कम्मल, झोला र मोजा तथा बालिकाहरुलाई सल, स्वीटर, मोजा लगायतका न्यानो कपडा वितरण गरिएको उनले बताए । टुहरा बनेका बालबालिकाहरुलाई अध्ययनमा सहयोग गर्ने हेतुले आफुहरुले छात्रवृति प्रदान गर्दै आएको बताए ।