गृहपृष्ठ Featured कांग्रेस महाधिवेशन : कांग्रेस खुला सदस्यको अन्तिम मतपरिणाम आउन कम्तीमा ९ घण्टा लाग्ने

कांग्रेस महाधिवेशन : कांग्रेस खुला सदस्यको अन्तिम मतपरिणाम आउन कम्तीमा ९ घण्टा लाग्ने

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी रहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षले अग्रता बनाएको छ।

अन्तिम मतपरिणाम आउन ९ घण्टाभन्दा बढी समय लाग्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ। ३ घण्टाभित्र १२ सय मत गनेर सक्ने लक्ष्य राखिएको निर्वाचन समितिले जनाएको छ।

जारी मतगणनामा शशांक कोइराला सबैभन्दा अघि छन्। देउवा पक्षबाट बालकृष्ण खाण, रामहरि खतिवडा, रमेश लेखक , एनपि साउद अघिअघि छन्।

शेखर कोइराला पक्षबाट अर्जुननरसिंह केसी, रामशरण महत, दिलेन्द्रप्रसाद बडु र बलबहादुर केसीले पछ्याइरहेका छन्। प्रारम्भिक मतपरिणाम अनुसार अघिल्लो कार्य समितिमा भएकालाई नै मत बढी परेको देखिन्छ।

केन्द्रीय सदस्य ९खुला०तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। गत सोमबार सम्पन्न निर्वाचनमा कूल ४६७२ मत खसेको थियो।

सम्बन्धित् समाचार