पोखरा : सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीलाई ३-१ गोल पराजित गरेको छ । पोखरामा शनिबार भएको खेलमा मनाङका लगि अन्जन विष्ट २ र निशान लिम्बुले गोल गरेका थिए । प्रहरीका लागि सुमन लामाले पेनाल्टीबाट गोल गरेका थिए । खेलको १० औं मिनेटमा विष्टले गोल गर्दै मनाङलाई अग्रता लिएका थिए । लामाले ३६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा विष्ट र लिम्बुले एक एक गोल थप्दै मनाङको जित सुनिश्चित गरेका थिए । जारी लीगमा अपराजित रहेको मनाङले यो जीतसँग ५ खेलबाट १३ अंक बनाएर अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जबकी प्रहरीको ५ खेलमा ५ अंक मात्रै भएको छ ।
‘ए’ डिजिभजन लीगको काठमाडौंमा उपत्यका बाहिर पहिलो खेलमा पोखरामा भएको हो ।








