काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ। अहिलेसम्म ९८८ मत गणना सकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। पछिल्लो मत परिणाम अनुसार सबैभन्दा धेरै मत डा। शशांक कोइरालाले पाएका छन्।
शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलमा रहेका उनले ८१४ मत ल्याएका छन्। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्।
३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। गत सोमबार सम्पन्न निर्वाचनमा कूल चार हजार ६७२ मत खसेको थियो। बिहान करिब ११ बजेदेखि मतगणना जारी छ। आज मध्य रातिसम्म अन्तिम नजिता आइसक्ने निर्वाचन समितिले जनाइएको छ।
कांग्रेसमा १३ जना पदाधिकारीको अन्तिम परिणाम आइसकेको छ। अब खुला तथा समावेशी तर्फको केन्द्रीय सदस्यहरूको मत परिणाम आउन बाँकी छ।
यस्तो छ मत परिणाम









