गृहपृष्ठ Featured मृगौला पीडित आचार्यलाई आर्थिक सहयोग

मृगौला पीडित आचार्यलाई आर्थिक सहयोग

कपिलवस्तु : अर्घाखाँचीको शितगंगा स्थायी घर भएकी मृगौला पीडित २० बर्षिया हेमन्ता आचार्यलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कपिलवस्तुको शिवराज नगरमा बस्दै आएकि आचार्यलाई एक कार्यक्रम आयोजना गरि सहयोग रकम प्रदान गरिएको सहयोग मुल समितिका अध्यक्ष लेखनाथ घर्तिले जानकारी दिनु भयो । युनिक स्वयंसेवक नेपाल धरानले सकंलन गरेको ३ लाख १५ हजार ४ सय ५० रुपैया पीडित आचार्यलाई हस्तान्तरण गरेको अध्यक्ष घर्तिले जानकारी दिनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाकि उपप्रमुख शिव कुमारी थारुले सहयोग नै सबैभन्दा ठुलो धर्म भएको बताउनु भयो । नगरपालिकाको तर्फबाट पनि सहयोग गर्ने उपप्रमुख थारुले बताउनु भयो ।

सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिस्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडा, व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, पिआरसीकी सुशिला खनाल, युनिक स्वयंसेवक नेपालका एजिला बस्नेत, सन्चारकर्मी लगायतको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित् समाचार