गृहपृष्ठ Featured ए डिभिजन लिगमा एपीएफको पहिलो जित

ए डिभिजन लिगमा एपीएफको पहिलो जित

प्रकाशित मिति:

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले कुपण्डोलको फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले ३(१ गोलअन्तरले जित निकालेको हो।

पाँचौ मिनेटमा फ्रेन्ड्स क्लबका जमोउ एन्थोनीको कडा प्रहार एपीएफका गोलकिपर युरा कुरियामाले बचाएका थिए। विदेशी खेलाडीका रुपमा एपीएफले भित्र्याएको उनी ए डिभिजन लिगमा विभागीय टोलीले अनुबन्धन गरेको पहिलो खेलाडी हुन्।

एपीएफलाई खेलमा अग्रता विके तामाङले दिलाए। उनले खेलको ३० औं मिनेटमा नवीन लामाको पासमा गरेका थिए। त्यसको पाँच मिनेट अघि फ्रेन्ड्स क्लबको गोललाई रेफ्री नवीन्द्र महर्जनले अफसाइड करार दिएका थिए।

३२ औं मिनेटमा फेरि नवीन लामाकै पासमा आशिष लामाले गोल थपे।

पहिलो हाफमा दुई गोलले अघि रहेको एपीएफका लागि तेस्रो गोल नवीन लामाकै पासमा आशिष लामाले गरे। उनले खेलको ५७ औं मिनेटमा आवास लामिछानेको पासमा गोल गरेका थिए।

उता फ्रेन्ड्स क्लबका लागि ७० औं मिनेटमा प्रिजेन तामाङले पेनाल्टीमा पाएको अवसर सदुपयोग गोल गरे। एपीएफका दीपेश धिमालले फ्रेन्ड्स क्लबका नाथनियल जुड गारसियालाई फउल गरेपछि फ्रेन्ड्स क्लबले पेनाल्टीको अवसर पाएको थियो।

७१ औं मिनेटमा पाएको अवसरमा वान भर्सेस वानमा आशिष लामा चुकेका थिए। जितसँगै एपीएफले ४ अंक जोडेको छ भने फ्रेन्ड्स क्लब २ अंकसहित तालिकाको पुछारमा छ।

सम्बन्धित् समाचार