गृहपृष्ठ Featured माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने

माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने

७ पुस, काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका हुन् ।

गत महिना भएको नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरु निम्त्याइएका थिए ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनमा एक हजार ५३३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

सम्बन्धित् समाचार