गृहपृष्ठ Featured हिजो रणभूमि बनेको जनकपुरको गोपाल धर्मशालामा आज मतदानको रौनक

हिजो रणभूमि बनेको जनकपुरको गोपाल धर्मशालामा आज मतदानको रौनक

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्य समिति चयनका लागि मतदान प्रक्रिया जारी छ। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान भइरहेको हो। बिहानैदेखि प्रतिनिधिहरु मतदानका लागि लाइनमा छन्।

बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबिच भएको झडप पछि मतदान स्थगित गरिएको थियो।

नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न ७२ पदमा १७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ५ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

देउवा समूहबाट कृष्ण प्रसाद यादव सभापति पदका लागि प्रतिस्पर्धामा छन्। यस्तै निधि समूहबाट रामसरोज यादव सभापति पदका लागि प्रतिस्पर्धामा छन्।

सम्बन्धित् समाचार