७ पुष, परासी : नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाबाट हिजो १ लाख १० हजार बढीको अवैध मालसामान बरामद गरीएको छ । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले आज पाल्हिनन्दन २ भक्सिपुरबाट १ लाख १० हजार ४ सय मुल्य बराबरको अवैध मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए ।
भारतबाट भन्सार छली गरी अवैध रुपमा ल्याउँदै गरेको प्लाष्टिक बुलेट गन ९६ पिस, विभिन्न किसिमका बच्चाका खेलौना ७२ पिस बरामद गरेको छ ।
आज बरामद गरीएका सबै मालसामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।