गृहपृष्ठ Featured गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति:

गुल्मी : गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर-४ निवासी ३० वर्षका मोटरसाइकल चालक पदम ढेगा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

दुर्घटनामा मोटरसाइकलमा सवार ३३ वर्षका धनबहादुर ढेगामगर घाइते भएको प्रहरीले जनाएको छ । बिहीवार बेलुकी बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका ढेगाको श्रृङ्गा स्वास्थ चौकिमा प्राथामिक उपचारको क्रममा मृत्यु भएको (डिएसपी) पाण्डेले बताए ।

सम्बन्धित् समाचार