गृहपृष्ठ Featured प्रचण्डले गरे पार्टी पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्ताव

प्रचण्डले गरे पार्टी पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्ताव

९ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यो प्रस्ताव गरेका हुन् ।

पदाधिकारीको संख्या १५ भएता पनि कुन कुन पद सृजन गर्ने र कुन पदमा कति जना सदस्य राख्ने भन्ने विषयमा भने छलफल भइनसकेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

उनले शनिबार फेरि बैठक बसेर थप छलफल गर्ने र अरु बाँकी बिषय टुंगो लगाउने बताए । माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनले पार्टीले अब लिने कार्यदिशाको पनि टुंगो लगाउने नेताहरुले बताएका छन् ।

माओवादी पार्टी गठन भएयता निरन्तर नेतृत्वमा रहेका अध्यक्ष प्रचण्ड यसपाली पनि निर्विरोध चुनिने भएता पनि अरु पदमा भने स्थायी कमिटी सदस्यहरुले आकंक्षा देखाइरहेका छन् ।

सम्बन्धित् समाचार