काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ। बैठक शनिबार दिउँसो पार्टी कार्यालय सानेपामा सुरु भएको हो।
बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरू सहभागी छन्। गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको थियो।
शनिबार मात्र पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।








