गृहपृष्ठ Featured अध्यक्ष पोख्रेलले गरे नदोहोरीने घोषणा

अध्यक्ष पोख्रेलले गरे नदोहोरीने घोषणा

कपिलवस्तु : नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिबेशनले नयाँ नेतृत्व छान्ने निश्चित भएको छ । तेश्रो पूर्ण बैठकवाट ९ औ महाधिबेशन पुस २३ मा शिद्धार्थ क्याम्पसको सभाहलमा आयोजना गर्ने निर्णय भए लगत्तै बोल्दै अध्यक्ष झविलाल पोखरेलले आफ्नो कार्यकाल राष्ट्रिय परिस्थितीका कारण लम्वीएर ९ बर्ष पुगेको भन्दै अव भने नदोहोरीने प्रष्टाउनु भयो । अध्यक्ष पोखरेलद्वारा नदोहोरीने घोषणा मात्र गर्नु भएन नयाँ नेतृत्वकालागि फिल्ड खाली भयो तपाईहरु मध्ये उपयुक्त पात्रले दावि र तयारी गर्नुहोस भन्नु भयो । अहिले सम्म अध्यक्षकालागि पूर्ब उपाध्यक्ष रहेर धेरै वर्ष काम गर्दै अहिले प्रदेश कमिटी सदस्यमा रहनु भएका डम्मर शर्मा र वर्तमान उपाध्यक्ष बाबुराम खनालले आआफ्ना इच्छा प्रकट गर्न थाल्नु भएको छ । पछिल्ला दिनमा प्रदेश सदस्य खुम प्रसाद आचार्यले समेत अध्यक्षमा आफ्नो इच्छा प्रकट गरेको एमाले बृत्तमा चर्चामा रहेको छ ।

यसैबीच नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवम लुम्विनी प्रदेश सह इन्चार्ज बिमला घिमिरेले कपिलवस्तु जिल्लालाई एमालेमय बनाउने काममा निरन्तर सफलता हासिल भएको वताउनु भएको छ । कपिलवस्तुको बिजयनगरमा सम्पन्न नेकपा एमाले कपिलवस्तुको तेस्रो पूर्ण बैठकले सम्बोधन गर्दै नेता घिमिरेले पुस २३मा हुने नवौं जिल्ला अधिबेशनबाट सर्बसहमत रुपमा नेतृत्व छनौट गरेर उदाहरणीय सन्देश दिन कार्यकर्तालाई आग्रह गर्नुभयो । अनुशाशित पार्टी र देशको ठूलो पार्टी निर्माण गर्ने वताउदै अवको ५ बर्ष केपी ओलीको नेतृत्वको सरकारले काम गर्ने जनमत आउने चुनाववाट पाउने दृढता प्रकट गर्नु भयो।

नेकपा एमालेका केन्द्रीय सदस्य गीरधारीलाल न्यौपानेले ताजा जनादेशमा जानु लोकतन्त्र बिरोधी नभएको बताउनुभयो । न्यौपानेले ताजा जनआदेशमा जाने कुरा माओवादी र नेकपा एकीकृत समाजवादी बाहेक सबैलाई मन परेको स्पष्ट पार्नु भयो । उहाँले माओवादीको केन्द्रले मसालका जिल्लास्तरमा विद्रोह गरेर २/४ कार्यकर्तालाई पाटीमा भित्राएर पार्टी एकताको हल्ला गर्नु पराजित मानसिकता , हतार मनस्थिती र निरासाजनक आत्मवलको कारण भएको दाबी गर्नु भयो ।
बैठकलाई संवोधन गर्दै एमालेका केन्दिय सदस्य एवम कपिलवस्तु जिल्ला इन्चार्ज बलाराम अधिकारीले स्थानीय तहको चुनावमा राजमार्ग क्षेत्रका सबै पालिकामा एमालेको एकछत्र नेतृत्व गर्ने वताउनु भयो । उहाँले एमालेले कपिलवस्तुका ३ वटै क्षेत्र जित्ने ठोकुवा गर्नु भयो ।एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको जिल्ला अध्यक्षका हिसावले ९ वर्ष काम गर्दा हरेक मोर्चाको नेतृत्व गर्दा सफलता पाएको वताउदै एमालेका निष्ठावान कार्यकर्ताका कारण आफू उत्साहीत रहेको औल्याउनु भयो । कपिलवस्तु हिजो भन्दा आज झनझन सुदृढ भएकोमा खुशी ब्यक्त गर्नु भयो ।

यसैबीच जिल्ला कमिटीको विजयनगरमा सम्पन्न पूर्ण बैठकले एमाले कपिलवस्तुको जिल्ला अधिबेशनमा ६ सय प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तय गरेको छ । एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेलका अनुसार ४० जना संगठित पार्टी सद्स्य बराबर १ जनाका हिसाबले प्रतिनिधि छानिने गरि निर्णय गरेको छ । दलिततर्फ २५ बराबर १ प्रतिनिधि हुनेछन । ९६ वडालाई केन्द्र मानी प्रतिनिधी छानिने छन् । हरेक जन संगठनबाट ३/३ जना प्रतिनिधी छानिने छन , जसमा १ जना महिला अनिवार्य छानिनु पर्ने छ ।

अधिबेशनलाई भब्य रुपमा सम्पन्न गर्न अध्यक्ष झविलाल पोख्रेलको संयोजकत्वमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिती, वावुराम खनालको संयोजकत्वमा अतिथी सत्कार समिती,चक्रपाणी अर्यालको संयोजकतवमा खाद्य तथा आवास समिती , धर्मराज भुसालको संयोजकत्वमा प्रतिनिधी जाँचबुझ समिति,वावुराम आचार्यको संयोजकत्वमा अर्थ ब्यवस्थापन समिति गठन गरेको छ । यसैगरी लक्ष्मण बेल्पासेको संयोजकत्वमा प्रचार प्रसार समिती,गोपालमणी ज्ञवालीको संयोजकत्वमा स्वयम सेवक परिचालन समिती,विश्व कार्कीको संयोजकत्वमा मञ्च सजावट समिती गठन गरेको छ ।

सम्बन्धित् समाचार