गृहपृष्ठ Featured लगातार चौथो जितपछि नेपाल फाइनलमा

लगातार चौथो जितपछि नेपाल फाइनलमा

प्रकाशित मिति:

काठमाडौँ : एभीसी सिनियर वुमेन्स सेन्ट्रल जोन भलिबलमा लगातार चौथो जितपछि नेपाल फाइनल पुगेको छ ।बंगलादेशको ढाकामा जारी प्रतियोगिताको आफ्नो चौथो खेलमा साबिक विजेता नेपालले उज्वेकिस्तानलाई ३-० को सेटमा पराजित गरेको हो । नेपालले २५-२०, २५-२३ र २५-१४ को सेटमा विजय हासिल गरेको हो ।

यो जितपछि नेपाल राउन्ड रोबिन लिग चरणको शीर्ष स्थानमा पुगेको छ । नेपालको ४ खेलबाट ११ अंक भएको छ । श्रीलंका समान खेलबाट १० अंकसहित दोस्रो र उज्वेकिस्तान ९ अंकसहित तेस्रो स्थानमा छन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार किर्गिस्तानसँग खेल्नेछ । सो खेल अघि नै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । समूहको अन्तिम खेलमा श्रीलंका र उज्बेकिस्तान खेल्दैछन् ।

सम्बन्धित् समाचार