गृहपृष्ठ Featured जनमत पार्टीका कार्यकर्ताले गरे ट्रकमा आगजनी

जनमत पार्टीका कार्यकर्ताले गरे ट्रकमा आगजनी

प्रकाशित मिति:

सिरहा : जनमत पार्टीले गरेको सिरहा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेका छन् । बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ ।

उनीहरूले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्त्वले आगजनी गरेको जनाएको छ ।

झुटो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान नगरेको कारण सिरहाको जनजीवन बिहानैबाट तनावग्रस्त बनेको छ । बन्दका कारण आज बिहानैदेखि लहानसहित सिरहाको मिर्चैया, गोलबजार लगायतका बजार, पसल, कलकारखाना ठप्प छ भने राजमार्गमै सवारी साधनहरू रोकिँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

सम्बन्धित् समाचार