काठमाडौँ : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग भएको एकता गल्ती नभएको बताएका छन् । आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सम्बोधन गर्दै उनले एमालेसँग एकता स्थायित्व र समृद्धिकै लागि भएकोले त्यसमा गल्ती नभएको बताए ।
‘एमालेसँगको एकता कुनै गल्ती भएको होइन । स्थायित्व र समृद्धिका लागि एमालेसँग एकता भएको थियोु, दाहालले भने, ‘यहाँ आउनु भएको शंकरजीले पनि एकता गल्ती नभएको बताउनुभएको छ । त्यो बुझाइ ठीक छ । तर एकता किन भंग भयो त्यस विषयमा हामीले महाधिवेशनमा समीक्षा गर्ने छौं । एमालेले पनि त्यसलाई समीक्षा गरोस् ।’
उनले महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई सम्बोधनका लागि आग्रह गरे पनि जिल्ला बाहिर रहनु भएको कारण संभव नभएको बताएका थिए ।
कार्यक्रममा भएकाले महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।








