बुटवल : रुपन्देहीको तिनाउ र दानव कोरिडोरमा निर्माणाधीन सडकबाट प्रभावित बासिन्दाले बुटवल उपमहानगरपालिका कार्यालयअगाडि धर्ना दिएका छन् । सडक बनाउँदा झण्डै दुई हजार परिवार विस्थापित हुनुपर्ने अवस्था रहे पनि उपमहानगरपालिकाले प्रभावित बासिन्दालाई उचित व्यवस्थापन र क्षतिपूर्तिको कुनै पहल नगरेको भन्दै दबाब दिन धर्ना दिएका हुन् ।
तिनाउ दानव करिडोर पीडित संघर्ष समितिको अगुवाईमा बुटवलको वडा नं.२, ५, ७, ९, ११, १३, १४ र १७ का झण्डै एक हजार बासिन्दाले मंगलबार जुलुससहित नगरपालिकाको गेट अगाडि एक घण्टा धर्ना दिएका हुन् ।








