गृहपृष्ठ Featured एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा र खनालको चर्चा, कसले मार्ला बाजि ?

एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा र खनालको चर्चा, कसले मार्ला बाजि ?

वैखरी अनलाईन : नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशन नजिकिदैं गर्दा जिल्ला अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ । जिल्ला अध्यक्षका आकांक्षीहरु कोही नेताको घरमा भेटघाटमा ब्यस्त छन भने केही जिल्ला अधिवेशनका लागि छनौट हुने प्रतिनिधीहरुको आफ्नो पक्षका बढाउने अभियानमा ब्यस्त देखिएका हुन् । चर्चामा  मूख्य रुपमा २ जना हाल नेकपा एमाले लम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य डम्मर शर्मा र जिल्ला उपाध्यक्ष बाबुराम खनाल जिल्ला अध्यक्ष हुने दौडमा होमिएका छन् । शर्मा र खनालबीच कडा प्रतिस्पर्दा रहने आंकलन गरिएको छ ।

शर्मा करिब ३ दशक लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माण अहम भूमिका निर्वाह गर्दै आएका छन् । युवा माँझ लोकप्रिय शर्मा यस अघिको एमाले जिल्ला अधिवेशनमा हालका अध्यक्ष झविलाल पोख्रेलसंग पराजित भएका थिए । उता बाबुरम खनाल एमालेको जिल्ला सदस्य सचिव हुदैं हाल जिल्ला उपाध्यक्ष रहेका छन् । जिल्लामा खनाल पनि संगठन विस्तारमा त्यतिकै लोकप्रिय नेताका रुमपा परिचित छन् ।

उता एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेतृत्व सर्वसम्मत रुपमा चयन गरिने दाबी गरेका छन् । अध्यक्ष पोख्रेलले केही दिन अघि मात्र नेतृत्वमा नदोहोरिने घोषणा गरि सकेका छन् ।

सम्बन्धित् समाचार