वैखरी अनलाईन : कपिलवस्तुमा पनि स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । राप्रपा कपिलवस्तुले जिल्लाका १० पालिकामा नै दिप प्रज्वलन सहितका विभिन्न कार्यक्रम गरिएको जनाएको छ । पार्टीका केन्द्रिय सदस्य धुब्र रायमाझिले कार्यक्रमलाई सम्बोधन गर्दै जसरी पार्टीले उठाएको संबैधानिक राजसंस्था, हिन्दुराष्ट्र पुर्नस्थापनाको मुद्धा जनताको माझ लोकप्रिय गर्दै गएको बताउभएको छ । उहाँले पार्टीको महाधिवेशन पश्चात नयाँ नेतृत्व आईसके पश्चात आम जनता र युवामा पार्टिप्रति आकर्षण र प्रवेश गर्नेको लहरलाई नगर र प्रदेशको कार्यसमितिले बुझेर आफ्नो कार्यक्रम प्रभावकारी संचालन गर्न निर्देशन दिनुभयो ।
पुष २८ देखि संचालन हुने हिन्दुराष्ट, राज संस्थाको पुर्नस्थापना र भष्ट्रचार विरुद्धको सडक आन्दोलनमा सबैलाई सहभागि हुन उहाँले आह्वान गर्नुभएको छ । यस्तै बाणगंगा नगरपालिकाको चारनम्बर चोकमा कपिलवस्तुका केन्द्रिय सदस्य धुब्र रायमाझि, जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, प्रदेश सभा अध्यक्ष रामु शर्मा, उपाध्यक्ष रामबहादुर थारु लगायतको सहभागितमा रहेको कार्यक्रममा नगर अध्यक्ष युवराज कडेलले राज विरेन्द्रको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । नेत्र भूसालको अध्यक्षता रहेको कार्यक्रमको संचालन नगर सचिव नवराज घिमिरेले गर्नुभएको थियो ।
उक्त अवसरमा बाणगंगा नगर कार्यसमितिको पार्टी कार्यालय स्थापना गरिएको छ । यता जिल्लाको शुद्धोधन गाउँपालिकाको लवनीमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, प्रमोद मिश्र, जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले आआफ्नो धारणा राख्नुभएको थियो ।