गृहपृष्ठ शिक्षा जाडोमा बालबालिकालाई यसरी जोगाऔँ

जाडोमा बालबालिकालाई यसरी जोगाऔँ

जाडो याम सुरु भएसँगै पछिल्लो दुई दिन यता देशभर वर्षात्सँगै पहाडी, हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौँ उपत्यकासँगै देशभर चिसो बढिरहेको छ ।

 

चिसोले सबै उमेर समूहलाई प्रभावित पार्छ । तर, नवजात शिशुसँगै बालबालिकालाई कसरी चिसोबाट जोगाउने भन्ने बारेमा अभिभावक चिन्तित हुन थाल्छन् । किनभने ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

चिसो याममा कीटाणुहरू बढी सक्रिय हुने इशान बाल तथा महिला अस्पतालका निर्देशक वरिष्ठ बालरोग विषेशज्ञ प्राडा रामनन्दन प्रसाद चौधरी (आरपी) को भनाइ छ ।

बच्चालाई चिसो नलागोस् भनेर बाक्लो लुगा लगाइदिने, न्यानो कपडाले बेर्ने चलन छ । तर यसले बच्चाको शरीरमा पसिना आएर गुम्सिदा झन् चिसो लाग्न सक्छ । यसमा ख्याल गर्नुपर्छ । जाडोमा बच्चालाई ख्याल गर्न नसके निमोनिया, रुघाखोकी चाँडै च्याप्न सक्ने प्राडा. चौधरी बताउँछन् ।

 

यसबाहेक चिसो मौसममा बालबालिकालाई मुख्यतः श्वासप्रश्वासको समस्या, ज्वरो आउने, घाँटी दुख्ने, नाक बन्द हुने, घाँटी घ्यार घ्यार हुने समस्या हुन्छ ।

सम्बन्धित् समाचार