गृहपृष्ठ Featured ‍भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो

‍भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो

भक्तपुर : भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा गएराति कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भक्तपुरबाट काठमाण्डौ जाँदै गरेको वाग्मती ४ च.५७६ नम्बरको कारले डिभाइडरमा ठोक्किएर अर्को बस र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका-१५ घर भइ काठमाण्डौ शान्तिनगर बस्दै आएका अभिषेक साहको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा ज्यान गएको हो ।

गम्भीर घाइते भएका कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

अर्का घाइते ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका–१२ घर भइ ललितपुर टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री भने गएराति उपचार पछि घर फर्किनुभएको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार