वैखरी अनलाइन
कपिलवस्तु जेसिजको अध्यक्षमा युवा समाजसेवि गुरुदेव पौडेल बिजयी भएका छन । शाखाको सन २०२२ का लागी पौडेल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको हो । यस्तै कार्यकारीणी उपाध्यक्षमा अमृत घिमिरे र मदन पौडेल, कानुनी सल्लाहकारमा शुसिल पौडेल, उपाध्यक्षमा मिन थापा, सुनिल पाण्डे, शंकर क्षेत्री र शान्ती क्षेत्री चयन भएका छन भने महासचिवमा चन्द्रकान्त पोख्रेल र कोषाध्यक्षमा चयन भएका छन ।
आफनो कार्यकालकालाई एतिहासिक बनाउने अध्यक्ष गुरुदेव पौडेलले बताए । शाखाको अधिवेशन आफनै भवन बाणगंगा १ बैरीयामा सम्पन्न भएको हो ।