गृहपृष्ठ Featured हतियारसहित चार जना भारतीय पक्राउ

हतियारसहित चार जना भारतीय पक्राउ

प्रकाशित मिति:

पर्सा : अटोमेटिक पेस्तोल सहित पक्राउ गरेका दुई भारतीय युवासहित पाँच दिनको अन्तरालमा हतियारसहित चार भारतीय युवा नेपालमा पक्राउ परेका हुन्।

गोली लोड गरेको अटोमेटिक पेस्तोलसहित पक्राउ ती युवाहरु नेपालमा अपराध गर्न प्रवेश गरेको हुन सक्ने प्रहरीलाई सूचना प्राप्त भएको छ। बिहीबार साँझ बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ नहरचोकबाट पक्राउ परेका दुई युवासहित गएका पाँच दिनमा गोली लोड गरिएको हतियारसहित भारतका चार युवा नेपालमा पक्राउ परेका हुन्।

अपराधका लागि नेपाल प्रवेश गरेको भारतको पूर्वी चम्पारण मोतिहारी डेकाग्राम पञ्चायत वडा नम्बर १३ बस्ने २१ वर्षीय चन्दन राम र सोही ठाउँका २० वर्षीय अभिशेक कुमारलाई बिहीबार साँझ छिन्नमस्ता बाहिनीको स्क्वाडेका टोलीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लियो।

पक्राउ परेकामध्ये एकजना पेशेवर रहेको हुन सक्ने सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति तथा प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगरले बताए।

सम्बन्धित् समाचार