गृहपृष्ठ Featured दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

दाङ, १६ पुष । दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका–६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण–६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन ।

सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

सम्बन्धित् समाचार