गृहपृष्ठ Featured डिला सङ्ग्रौलाद्धारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

डिला सङ्ग्रौलाद्धारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

प्रकाशित मिति:

काठमाडौं : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन भएको हो । पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसले संविधानको व्यवस्था अनुसार महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताए । ‘हाम्रो पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ’ उनले भने, ‘नेपालमा काङ्ग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन ।”

काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेता सङ्ग्रौलाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै प्रसंशा गरेका थिए ।

सम्बन्धित् समाचार