काठमाडौं : पदाधिकारीसहित नयाँ कार्यसमितिमा सर्वसहमति नभएपछि माओवादी केन्द्रीको जारी महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। शीर्ष नेताहरुले कार्यसमितिमा सर्वसहमतिको प्रयास गरे पनि शनिबार ७ बजेसम्म पनि सहमति नभएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो।
यसअघि आज दिउँसो निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गर्दै कार्यतालका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार आजै ८ बजेदेखि मनोनयन दर्ता र भोलि ११ बजे निर्वाचनको समय तोकिएको थियो।
निर्वाचि प्रक्रिया भोलि (आइतबार) दिउँसो १ बजेबाट पुनः सुरु हुने बताइएको छ। निर्वाचन प्रक्रिया सुरु हुनुअघि आयोजक कमिटीको बैठक बसी नयाँ कार्यसमिति चयनका लागि सर्वसहमतिको प्रयास गरिने एक नेताले बताए।