गृहपृष्ठ Featured शव बोकेर रिडी जाँदै गरेको बस पाल्पा लगुवामा दुर्घटना,७ जनाको घटनास्थलमै मृत्यु

शव बोकेर रिडी जाँदै गरेको बस पाल्पा लगुवामा दुर्घटना,७ जनाको घटनास्थलमै मृत्यु

बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको बस पाल्पाकाे पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएकाे छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएकाे र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ । उद्धार कार्य जारी रहेकाे हार्थाेक प्रहरी चाैकीका असई बिष्णु रेग्मीले  अनलाइनलाइ जानकारी दिए ।

बसमा ३५ जना मलामी रहेको बताइएको छ । घाइतेहरूको पाल्पा मिसन अस्पताल र प्रभावसमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार शुरू भएको छ ।

साे शव कहाँको र कस्को हाे भन्ने खुल्न सकेको छैन ।

सम्बन्धित् समाचार