गृहपृष्ठ Featured निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना जुवाको खालबाट पक्राउ

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना जुवाको खालबाट पक्राउ

सुर्खेत, पुस १८। जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा खेलिरहेका थिए ।

नीहरूको साथबाट २ लाख ५२ हजार १२० रुपैयाँ नगद पनि बरामद गरिएको डीएसपी थापाले जानकारी दिनुभयो । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक भने गरेको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार