गृहपृष्ठ Featured मंगलबार पुन: हिमपातको सम्भावना

मंगलबार पुन: हिमपातको सम्भावना

प्रकाशित मिति:

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ।  चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

 

सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ

सम्बन्धित् समाचार