सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेर रु. ९२ हजार दुई सय तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजार एक सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार सात सय कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु. ९२ हजार ६ सय तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला र. १५ ले घटेर रु. एक हजार दुई सय ५० तोकिएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय तीन डलर आसपास कारोबार भइरहेको छ ।