कपिलवस्तु : नेपाली कांग्रेसका दुई भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले संयुक्त रुपमा बाणगंगाका एक थारु विपन्न परिवारलाई क्रिया खर्च सहयोग गरेका छन् । ‘सामाजिक कार्यका लागी नेविसघं र तरुणदलको अभियान’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका–११ मैरीमा कमला थारुको परिवारलाई सहयोग प्रदान गरिएको नेविसंघ क्षेत्र नं.१ का सभापति चन्द्रकान्त पोख्रेलले बताए । थारुको केही दिन पहिला मृत्यु भएको थियो भने परिवारमा वुवाको १ वर्ष पहिले मृत्यु भएको थियो ।
थारुको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण काजक्रिया गर्नका लागि समस्या सिर्जना भएको थाहा पाएपछि आफुहरुले सहयोग गरेको नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सचिव एवम् नेपाल तरुण दलका जिल्ला सभापति शक्तिसिंह ठकुरीले बताए । ठकुरीले जिल्लामा मानवीय कार्यमा आफूहरुले विगतदेखि नै सहयोग गर्दै आईरहेको र आगमी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त जनाए ।
थारुको परिवारलाई चामल, आलु, तेल, नुन, प्याज, सोयाविन, पिठो, मसला, तिल, चिनि, भुजा, चियापत्ति प्लाष्टिकका ग्लास र प्लेट, सिरक, डसना झुल, सिरानी, तन्ना, प्लाष्टिक को वाल्टी सहित नगद रु.७ हजार रुपैयाँसहयोग गरेको हो । विपन्न परिवार र १३ औ दिनको काजक्रिया उम्काउन समस्या भएको स्थानीइ कांग्रेसका कार्यकर्ताहरुले खवर गरेपछि नेविसघं र तरुणदल कपिलवस्तुले सहयोग गरेको जनाएको छ । यस्तै नेविसंघ र तरुणदल कपिलवस्तुले आमा वुवा विना का बालबच्चाको पठनपाठनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहयोग कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारु, कपिलबस्तु जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरी, नेविसघंका प्रदेश सहसचिव खिमानन्द घिमिरे, दुर्गा सेन, रवि काफ्ले, टेक बहादुर शाहि, प्रविन पौडेल, मधुसुधन भुसाल, नारायण आचार्य, गणेश ढुङ्गना, भग्गु थारु, श्याम कुमार गुप्ता, राम नारायण थारु, असलम खान, पदम प्रताप सेन र नविन ढुङ्गना लगायतको सहभागिता रहेको थियो ।