गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको दशौँ नगर सभा सुरु

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको दशौँ नगर सभा सुरु

वैखरी अनलाईन : कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले दशौँ नगर सभा सुरु गरेको छ । आज गोरुसिगेंको मायाज होटेलमा सुरु भएको नगर सभाले बिभिन्न विध्येक समेत स्वीकृत गर्नुका साथै छलफलमा ल्याएको छ ।
सभाले बुद्धभुमी नगपालिकामा संयोजन भइ आएका कर्मचारीको स्तर बृद्धि सम्बन्धमा ब्यवस्था गर्न बनेको विध्येक ‘२०७८’ सभामा पेश गरेको वडा नं. ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पवन कुमार चौधरीले वैखरी अनलाइनलाई बताए ।

साथै सभाले सहकारी ऐन ‘२०७५’ लाई ५ बुदाँमा संशोधन गरेको छ । साथै सभाले नवौँ नगर सभामा पारित केही कार्यक्रम तथा योजनालाई परिर्वतन गर्नुका साथै परिमार्जन समेत गरेको छ । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले यस आर्थिक बर्षमा पारित भएका कार्यक्रमको हालसम्म भएको बिकास तथा अवस्थाका बारेमा जानकारी गराउदै नगरमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

सभामा नगरपालिका प्रमुख केशव श्रेष्ठले यस आर्थिक बर्षमा तय गरीएका कार्यक्रम सम्पन्न कसरी गर्ने भन्ने बारे रणनितिका बिषयमा आफनो धारणा राखेका थिए । त्यस्तै उप प्रमुख मिरा थारुले हिउदे अधिवेशनबाट थप गरिने योजना र कार्यक्रमका बारे जानकारी गराइन ।

यस्तै कोभिड, लकडाउन र भारी बर्षाका कारण समयमै काम हुन नसकेको २७ योजनाहरु यस आबमा सम्पन्न गर्ने गरी भुक्तानी दिने समेत सभाले निर्णय गरको छ । सो अवसरमा मेयर श्रेष्ठले साढे ४ बर्षको अवधि पार गरीसकेको बेला नगरपालिकामा बिकास निर्माणकोे काम अघि बढेको बताए । उनले बुढ्ढी तालको विकासको काम, ब्ुढ्ढी टिक्कर सडक र स्वास्थय चौकीको निर्मााण् कार्य अघि बढेको बताए ।

यस्तै २१ करोड लागतको १५ शैय्याको अस्पताल नगरपालिका वडा नम्बर २ स्थित बडहरामा बन्ने गरी टेन्डर निकाल्ने प्रकृया अघि बढेको बताए । उनले नगरपालिकामा प्जीगत खर्चको स्तरलाई बढाउनु पर्ने बताए ।

बुद्धभुमी जिल्लामै हिउँदे अधिवेशन समयमै सुरु गर्ने पहिलो नगर बनेको छ । सभा यसै महिनाको अन्तीम साता सम्पन्न हुने बताइएको छ । सभा प्रशासन प्रमुख राजन पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार