कृष्ण कुमार यादव( महराजगंज) : चिसो बढेको कारण कपिलवस्तुको जिल्लाको माहाराजगंज नगरपालिकामा १० दिन को लागि विद्यालय बन्द गरिने भएको छ ।
नगर शिक्षा समितिको मंगलबारको निर्णयानुसार नगरपालिका अन्तर्गत संचलित सम्पूर्ण समुदायिक,धार्मिक तथा संस्थागत बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
महराजगंज नगरपालिकामा विगत केहि दिनदेखि अत्याधिक चिसो बढेको भन्दै पुष २१ गते देखि पुष ३० गते गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।
केहि दिन अगाडि परेको हिउँदे वर्षासँगै बढेको अत्याधिक चिसोको कारणले शिक्षा(शाखा प्रमुख रेस्मी राज अर्यालले एक सूचना जारी गर्दै र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जनाउनु भएको छ ।