कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने भएकोले सार्वजनिक विदा दिन सरकारसँग माग गरेको हो । राप्रपाले मंगलवार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाईएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले बताउनुभयो ।
विगतमा पनि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने गरेकोले यस वर्ष पनि दिन आग्रह गरिएको राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले बताउनुभयो । राष्ट्रिय एकिकरणको नायकको जन्मजयन्ती मनाउँदा कसैलाई पनि असर नपर्ने भएकोले राप्रपाले गरेको मागलाई सम्बोधन गर्नुपर्ने प्रदेश सदस्य सइद अहमद शाहले बताउनुभयो ।
माग सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गरिने शाहले बताउनुभयो । ज्ञापन पत्र बुझदै प्रजिअ चक्रपाणी पाण्डेले ज्ञापन पत्रलाई माथिल्लो निकायमा पठाउने बताउनुभयो । केन्द्रीय सदस्य धुर्व रायमाझी,प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरु र नगर अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।