गृहपृष्ठ Featured उत्तर कोरियाद्धारा ‘हाइपरसोनिक मिसाइल’ को सफल परीक्षण

उत्तर कोरियाद्धारा ‘हाइपरसोनिक मिसाइल’ को सफल परीक्षण

प्रकाशित मिति:

उत्तर कोरियाले बुधवार ‘हाइपरसोनिक मिसाइल’ को सफल परीक्षण गरेको जनाएको छ। केसीएनएका अनुसार उक्‍त मिसाइलले ७०० किलोमिटर तय गरेको थियो। यो मिसाइलले ब्यालेस्टिक मिसाइलभन्दा लामो दूरीसम्म प्रहार गर्न सक्छ।

बुधवार दक्षिण कोरियाले भने उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दाबी गरेको थियो। जापानी कोस्ट गार्डहरुले पहिलोपटक देखेको मिसाइल प्रहारबारे अमेरिकी निकायसँग मिलेर दक्षिण कोरियाले विश्लेषण गरिरहेको थियो।

उत्तर कोरियालले दोस्रोपटक ुहाइपरसोनिक मिसाइलु परीक्षण गरेको हो।

गत महिना नेता किम जोङ उनले आफ्नो रक्षा क्षमता बढाउने घोषणा गरेपछि पहिलोपटक मिसाइल परीक्षण गरिएको हो।

सम्बन्धित् समाचार