गृहपृष्ठ Featured एमाले कपिलवस्तुको जिल्ला अधिवेशनमा ६ सय प्रतिनिधी सहभागि : अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले कपिलवस्तुको जिल्ला अधिवेशनमा ६ सय प्रतिनिधी सहभागि : अध्यक्ष ओलीले उद्घाटन गर्ने

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा (एमाले) कपिलवस्तुको नवौ जिल्ला अधिवेशनको समुद्घाटन पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के.पि शर्मा ओलीले गर्नु हुने भएको छ । एमाले कपिलवस्तुका अनुसार पार्टी अध्यक्ष ओलले भर्चुअल माध्यमबाट एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको हो । सिद्धार्थ क्याम्पस बुङचीको सभाहलमा नवौं जिल्ला अधिवेशनको समुद्घाटन हुने एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभएको छ ।

वडा, गाउँ, नगरपालिका देखि केन्द्रिय महाधिवेशनसम्म सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश प्रवाह गरेको नेकपा (एमाले) ले पौष २३ र २४ मा हुने जिल्ला अधिवेशनबाट समेत नेतृत्व सर्वसम्मत चयनका लागि कसरत गरिरहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । कपिपलवस्तुको नवौं जिल्ला अधिवेशनलाई सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गर्न राष्ट्रिय सभाका प्रमुख सचेतक एवम् एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, राष्ट्रिय सभाका सदस्य एवम् एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, एमाले केन्द्रिय सदस्यहरु गिरधारीलाल न्यौपाने, सराज अहमद फारुकी, कपिलवस्तु ईन्चार्ज बलराम अधिकारी, शुसिल कुमार श्रीवास्तव, केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी लगायतले गर्नु हुने जिल्ला इन्चार्ज बलराम अधिकारीले जानकारी दिनु भयो । जिल्ला अधिवेशनमा करिव ६ सय प्रतिनिधी सहभागि हुने एमाले जिल्ल्ला संगठन विभाग प्रमुख धर्मराज भुसालले जानकारी दिनु भयो ।

अधिवेशन पौष २३ गते विहान ११ बजे उद्घाटन हुने र वेलुका ५ः०० बजे सम्म चल्नेछ भने २४ गते विहान ७ः०० बजे देखि नै संचालन हुने एमाले जिल्ला प्रचार विभागले जनाएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्यि जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार