गृहपृष्ठ Featured भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार नाघ्यो

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार नाघ्यो

प्रकाशित मिति:

भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार एक सय संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन्।

हाल यहाँ तीन हजार सातजना ओमिक्रोनका संक्रमित रहेका मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। ओमिक्रोनका ती संक्रमितहरूमा एक हजार एक सय ९९ जना भने निको भइसकेका जनाइएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ७१ हजार तीन ६३ रहेको छ।

सम्बन्धित् समाचार