काठमाडौँ : नेकपा (एमाले) काठमाडौं जिल्ला अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली मूलपानी पुगेका छन् । शुक्रबारबाट देशका ६१ जिल्लामा सुरु भएको अधिवेशनको एकैपटक भर्चुअल रुपमा उद्घाटन गरेर अध्यक्ष ओली काठमाडौं जिल्ला अधिवेशनका लागि मूलपानी पुगेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गरेका थिए ।
बाँकी १६ जिल्लामा भने प्रतिकूल मौसम र आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन रोकिएको छ । प्रदेश २ को सप्तरीबाहेकका ७ जिल्लामा आन्तरिक तयारी नपुगेका कारण अधिवेशन रोकिएको छ ।