कुश्मा : पर्वत जिल्लाको कुस्मामा निर्माण भएको विश्वकै दोस्रो लामो जिपलाइन शनिबारदेखि सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनको तयारी गरिएपनि त्यसको एकसाता पछि सञ्चालनमा आएको हो ।
सहासिक पर्यटनको नयाँ तथा आकर्षक गन्तब्य बन्दै आएको कुस्मामा आउने सहासिक पर्यटकलाई लक्षित हार्नेस प्रालि मार्फत पर्वतका स्थानीय युवाहरुको लगानीमा जीप लाईन निर्माण भएको हो । जीपलाईनको कुस्मा नगरपालिकाका प्रमुख तथा जीप लाईनका संरक्षक रामचन्द्र जोशीले शुभारम्भ गरे ।
लामो समय प्राविधीकलगायतका बिषयमा भएका सबै परिक्षण सफल भएपछि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हार्नेस प्रालिका प्रबन्ध निर्देशक सुनिल बानियाँले बताए । जिपलाइनका लागि सुपरम्यान शैलीका लागि ४ हजार ५ सय र क्लासिकका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । शुभारम्भको अवसर पारेर १० प्रतिशत छुट दिइएको छ ।








