गृहपृष्ठ Featured शेर्पालाई हराउँदै थ्रीस्टार उक्लियो पाँचौ स्थानमा

शेर्पालाई हराउँदै थ्रीस्टार उक्लियो पाँचौ स्थानमा

प्रकाशित मिति:

काठमाडौं, पुस २५ । थ्रीस्टार क्लबले सिजनको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २-० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। थ्रीस्टारका लागि पहिलो गोल ऋतिककुमार खड्काले खेलको ५६ मिनेटमा गोल गरे।

दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा अन्शुमाना क्रोमाहले दोस्रो गोल गरे। लकेश लिम्बूले मिलाएको पासमा उनले उत्कृष्ट फिनिसिङ गरेका थिए।

जितसँगै थ्रीस्टार अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। थ्रीस्टारले ८ खेलबाट १३ अंक जोडेको छ। छैटौं स्थानमा झरेको शेर्पाको समान खेलबाट ११ अंक छ।

लिगमा सोमबार आठौं चरणको अन्तिम खेल हुँदैछ। अन्तिम खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ।

आठौं चरणसम्ममा साविक विजेता मछिन्द्र फुटबल क्लब २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने तेस्रो स्थानको संकटा र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको समान १४-१४ अंक छ।

 

सम्बन्धित् समाचार