वैखरी अनलाइन
कपिवस्तु जिल्लाको बाणगंगा १ वैरीयामा रहेको केसि सर्जिकल सप्लार्यसले आफनो सेवालाई बिस्तार गर्ने भएको छ । केसि सर्जिकलले मेडिकल सप्लार्यसको सेवा सुरु गर्न लागेको हो । गत माघ १ गतेबाट सर्जिकल सामाग्रीको सेवा सुरु गरेको केसि सप्लार्यसले तत्कालै मेडीकल सप्लार्यसको सेवा सुरु गर्न लागीएको सञ्चालक अम्बीका केसिले बताइन ।
लुम्बिनि प्रदेश बिभिन्न जिल्लामा सर्जिकल सामाग्रीको सेवा प्रदान गर्दै आएकोमा मेडीकलहरुकै मागमा मेडीकल सप्लार्यस अथवा बिभिन्न ब्राण्डेट कम्पनीको औषधी बितरण गर्ने गरी मेडीकल सप्लार्यस सञ्चालनमा ल्याउन लागेको निर्देशक सुरेश केसिले बताए । हाल केसि सर्जिकलले कपिलवस्तु जिल्लासहित रुपन्देही अर्घाखाची, पाल्पा, दाङका ३५० मेडीकलहरुमा सर्जिकल सामाग्री डेलीभरी गर्दै सेवा प्रदान गर्दै आएको छ । करिव २ करोड बढिको लगानीमा सुरु गर्न लागीएको भैरव मेडिकल सप्लार्यसकले बिभिन्न ब्राण्डेट औषधी कम्पनीहरुसगं सम्झौता समेत गरीसकेको छ ।
१ दशक लामो यस क्षेत्रको अनुभव र बजारको मागलाई पुरा गर्ने उदेश्यले मेडीकल सप्लार्यस सञ्चालमा ल्याउन लागीको सञ्चालक केसिको भनाई छ । केसि सर्जिकलले कोरोनाको महामारीको समयमा कपिलवस्तु जिल्लाभित्र लगभग २ सय बढि अक्सीजन सिलिण्डर मार्फत सेवा समेत दिएको थियो । जिल्लाभित्र सस्तो मुल्यमा औषधी उप्लब्ध गराउने उदेश्यले भैरव मेडीकल सप्र्लायसको नामबाट सेवा दिने बताइएको छ ।