गृहपृष्ठ Featured १०२ बर्षको उमेरमा बाणगंगाका बरिष्ठ समाजसेवि न्यौपानेको मृत्यु

१०२ बर्षको उमेरमा बाणगंगाका बरिष्ठ समाजसेवि न्यौपानेको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा १ वैरीयाका बरिष्ठ लालमणि न्यौपानेको मृत्यु भएको छ । पुर्व ब्रिटिस आर्मी दोस्रो बिश्व युद्ध समेत लडनु भएका न्यौपानेको १०२ बर्षको उमेर आज मृत्यु भएको हो । जागिरको अवकाशपछि बाणगंगामा नेपाली कागेंसको सगंठन मजबुत पार्न उहाले उल्लेखनीय भुमिका खेलेको समाजसेवि डोलकराम घिमिरेले वैखरी अनलाइनलाई बताए । उहाँका २ भाई छोरा र २ छोरी रहेका छन । उहाँ कपिलवस्तु जिल्लाकै जेष्ठ नागरिकका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

उहाँले दर्जनौ सघं सस्थामा आवद्ध भई नेतृत्वदायी भुमिका निर्वाह गर्दै सक्रिय राजनिति र सामाजिक क्षेत्रमा काम गर्नु भएको थियो । उहाको जन्म बि.स. १९७६ साल जेठ ५ गते शितगंगाको सिमलपानीमा भएको थियो । उहाँको पार्थिव शरिरलाई भोली बिहान ७ बजे अन्त्येष्टी गरिने परिवारले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार