गृहपृष्ठ Featured प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट : कर्णालीसँग प्रदेश १ पराजित

प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट : कर्णालीसँग प्रदेश १ पराजित

काठमाडौं : प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले दोस्रो खेलमा पहिलो जित निकालेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो।

टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीले निर्धारित २० ओभरमा दिएको १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक ८९ रनमै समेटिएपछि कर्णालीले सहज जित निकाल्यो। सामान्य लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको प्रदेश एक १७।५ ओभरमा ८९ रनमा अलआउट भयो। प्रदेश १ का लागि फिर्दोस अन्सारीले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

खराब सुरुवात गर्ने क्रममा प्रदेश १ ले ३३ रन जोड्दा ७ विकेट गुमाएको थियो। पछिल्लो क्रमका फिर्दोससँगै दिपेश कडेल र श्रवन यादवले पनि १५(१५ रनको योगदान दिए पनि टिमको हार टार्न भने पर्याप्त रहेन। प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा अनुज चुनराले सर्वाधिक ४ विकेट लिए। त्यस्तै‚ दिवन पुनले २ विकेट लिंदा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुंवरको नाममा १(१ विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो। उसका लागि रविन्द्र शाहीले ३६ रन बनाउँदा प्रकाश जैशीले २५ रन बनाए। त्यस्तै‚ राज शाहले १५ रन जोड्दा विपिन रावलले ११ रन बनाए। प्रदेश १ का लागि मुकुन्द यादवले ३ विकेट लिंदा फिर्दोस अन्सारीले २ विकेट लिए। त्यस्तै कमल खत्री र सिद्धान्त लोहनीले समान १-१ विकेट लिएका थिए।

सम्बन्धित् समाचार