गृहपृष्ठ Featured प्रशासनको काठमाडौं उपत्यकामा कडाइ, २५ जना बढी भेला हुन रोक

प्रशासनको काठमाडौं उपत्यकामा कडाइ, २५ जना बढी भेला हुन रोक

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । प्रशासनले राजनीतिक दलका सभा–सम्मेलनसहित भीडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको हो । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताउनुभयो । यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरूमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

यस्तै, कोरोना संक्रमण नियन्त्रणका लागि बैठक, गोष्ठी र सेमिनारहरू भर्च्युअल माध्यमबाट गर्न पनि प्रशासनले आग्रह गरेको छ । भौतिक उपस्थतिमा यस्ता बैठक वा सभा सम्मेलन गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित् समाचार