गृहपृष्ठ Featured हिमालयन बैंक लिमिटेडद्धारा कञ्चनपुरको चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा

हिमालयन बैंक लिमिटेडद्धारा कञ्चनपुरको चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा

प्रकाशित मिति:

वैखरी अनलाईन : हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यही पुष २६ गते सोमबार देखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरुसहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले जानकारी दिए ।

यस शाखा समेत गरी हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या एक सय ४८ र ५ हजार भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार