गृहपृष्ठ Featured रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते

रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । देवदह नगरपालिका–४ बिजयपुर स्थीत ईन्द्रेणी प्लास्टीक उद्योगमा अप्रेटरको रुपमा काम गर्ने वेत बहादुर सुनारीलाई सोही उद्योगमा अप्रेटरकै रुपमा काम गर्ने भुपाल क्षेत्रीले मंगलबार दिउँसो चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट पाल्पाको माथागढी गाँउपालिका–६ स्थायी घर भएका २२ वर्षीय सुनारी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुनारीको टाँउको र घाँटीमा चेट लागेको छ ।

उनको मणिग्राममा स्थित क्रिमसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चक्कु प्रहार गर्ने सैनामैना नगरपालिका–१ रानीबगियाका ३० वर्षीय भुपाल क्षेत्रीलाइ नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित् समाचार