कपिलवस्तु : कपिलवस्तुमा श्रीमतीलाई जलायर मारेपछि फरार रहदै आएका श्रीमान पक्राउ परेका छन । श्रीमति साबिक भिल्मी गाबिस वडा नं.९ हाल कृष्णनगर नगरपालिका–६ श्रीनगरकी २१ बर्षिया किस्तालवती चमारलाई जलाएर मारे पछि भागेको सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने बर्ष २३ का मुलायम चमार पक्राउ परेका हुन ।
उनलाई प्रहरीले बिशेष सुराकीका आधारमा यशोधरा गाउपालिकाको रंगपुर नाकाबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराए । २०७१ चैत १ गते ससुराली आएका बेला मुलायमले श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा हत्या गरी श्रीमतिको हात खुट्टा काटेर जलाएका थिए । ससुरा सुखरामले सुतेको बेला छोरीलाइए खेतमा लगी बिभत्स हत्या गरी ज्वाई भागेको बताए । हत्याको अर्को दिन ज्वाई भारतमा पक्राउ परे पछि मोटरसाईकलबाट फरार भएका बताए ।
२ दिन पछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेका उनले बताए । बिवाह भएको २ बर्ष पछि किस्लावतीको हत्या भएको थियो । प्रारंभिक अनुसन्धान कोक्र अभियुक्तको पर स्त्रीसंगको सम्बन्धका कारण घटना भएको प्रहरी उपरिक्षक कार्कीले बताए ।
पक्राउ परेका अभियुक्तबाट प्रहरीले नंम्बर प्लेट नभएको निलो मोटरसाईकल, उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र मोबाईल थान –२ बरामद गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको कार्कीले बताए ।








