गृहपृष्ठ Featured रुकुम पश्चिममा चट्याङ्ग लागेर चार जना घाइते, तीनको अवस्था गम्भीर

रुकुम पश्चिममा चट्याङ्ग लागेर चार जना घाइते, तीनको अवस्था गम्भीर

प्रकाशित मिति:

रुकुम : रुकुम पश्चिममा हिजो बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-९ की ४० वर्षकी रेवती कामी, ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयो ।

प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेमध्ये वीरपत, मनकला र झरनाको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । रेवतीको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

चट्याङ्ग लागेर त्रिवेणी गाउँपालिका-७ का गुमानसिंह ओलीको घरमा सामान्य क्षति पुगेको छ भने त्रिवेणी गाउँपालिका-९ का मानसिङ केसीका तीन ओटा बाख्रा मरेका छन् ।

सम्बन्धित् समाचार